राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगित

नागरिक|बिहिबार, ०३ जेठ २०७५

काठमाडौं – राष्ट्रियसभाको बिहीबार (आज) को बैठक सूचना टाँच गरी स्थगित भएको छ।

प्रतिनिधिसभा/राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।

राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ। (रासस)


यसमा तपाईको मत